
काठमाडौं, १३ वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ बाट प्रतिनिधि सभामा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई बधाई दिएका छन्।
यादव राउतकै पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई पराजित गर्दै विजयी भएका हुन् । राउतले सामाजिक सञ्जालमार्फत यादवलाई बधाई दिएका हुन् ।
‘जसपा अध्यक्ष उपेन्द्र यादव बारा प्रतिनिधि सभा क्षेत्र २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई हार्दिक बधाई । निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्र प्रति जिम्मेवारी सहृदयताका साथ बहन गरेका छन् । जनमत पार्टीले समेत जनताको अगाध माया पाएको छ। हामीलाई मतदान गर्नु हुने सम्पूर्ण बारावासीलाई कोटीकोटी प्रणाम र जनमतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई धेरै-धेरै धन्यवाद,’ उनले लेखेका छन् ।
उनले जनमत पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई धन्यवाद पनि दिएका छन् । जनमत पार्टीले पनि निर्वाचनमा अगाध माया पाएको उनले लेखेका छन् ।















प्रतिक्रिया