शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

जब सेलिब्रेसनमा सन्दीप रोए …(भिडिओसहित)

दैनिक नेपाल २०८० वैशाख १३ गते १४:०६

काठमाडौं, १३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेले कम खेलमा नै एकसय विकेट लिएर विश्व कीर्तिमान बनाएका छन् ।

अफगानी क्रिकेटर रसिद खानको रेकर्ड तोड्दै लेग स्पिनर लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम म्याचमा सय विकेट लिने कीर्तिमान बनाएका हुन् ।

उनले ४२ खेलमा १०० विकेट लिँदै कीर्तिमान बनाएका हुन्। यसअघि अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेट लिएका थिए। यसैबीच, सन्दीपले कीर्तिमान बनाएको खुशीयालीमा केक काटेर सेलिब्रेसन गरिएको छ ।

क्रिकेट टीमका खेलाडीहरू साथै नेपाल क्रिकेट संघका पदाधिकारीहरूको सहभागीतामा केक काटेर सेलिब्रेसन गरिएको हो । सेलिब्रेसनका क्रममा सन्दीप अनायासै बर्र आँसु झारेर रोएका थिए ।

उनको तस्वीरसहितको एकसय विकेट लेखिएको केक काट्ने बेलामा उनी रोएका हुन् । उनी रोएपछि क्रिकेटर ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरूले उनलाई सम्हालेका थिए ।

उनी रूनुको कारण प्राप्त सफलता र पछिल्लो पटक उनले भोगेका भोगाइका रूपमा हेरिएको छ । उनी बलात्कार मुद्दा खेपिरहेका छन् । उनको मुद्दा अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित