
काठमाडौं, १३ वैशाख । चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफूमाथिको प्रहार र लाञ्छनाको जवाफ चितवन-२ का जनताले दिएका बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै लामिछानेले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाने खालको टिप्पणी नगर्न पनि उनले आग्रह गरेका छन् ।
‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन-२ का मतदाताले दिनुभएको छ। व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिस्पर्धी दलरउम्मेदवार र तिनका नेतारकार्यकर्ता समक्ष आग्रह गर्दछु,’ उनले लेखेका छन् ।
प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई साथमै लिएर चितवन २ का जनताको आकांक्षा पूरा गर्न आफू अगाडि बढ्ने उनले उल्लेख गरेका छन् ।
















प्रतिक्रिया