३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला चार सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ ।