२९ आश्विन २०८३, बिहिबार

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १२ वैशाख । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।