३ कार्तिक २०८३, मंगलबार

‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । प्रतिनिधिसभा बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावमाथिको छलफलपछि उक्त विधेयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । त्यसअघि बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री शर्माले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नाका लागि विधेयकलाई बलियो बनाउनुपर्ने बताइन् ।

भ्रष्टाचार रोक्न कानून मात्रै नभई समाजका सबै अवयव सक्रिय हुनुपर्ने उनको भनाइ थियो । सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्ने मन्त्री शर्माको धारणा थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको छ ।