२९ आश्विन २०८३, बिहिबार

स्वदेश फर्किए राष्ट्रिय सभा अध्यक्ष, कान्ति बाल अस्पतालको स्तरोन्नति गर्न रुस सकारात्मक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको औपचारिक भ्रमण गरी आज मंगलबार स्वदेश फर्किएका छन् ।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस गएका अध्यक्ष तिमिल्सिना मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफ्नो रुस भ्रमण फलदायी भएको बताए ।

उनले भ्रमणका क्रममा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्की लगायतसँग महत्वपूर्ण छलफल भएको बताए ।

दुई देशबीचको संसदबीचको सहकार्यलगायत नेपालको पूर्वाधार निर्माणका विषयमा पनि भ्रमण महत्वपूर्ण भएको उनले बताएका छन् ।

रुसको सहयोगमा निर्माण भएको कान्ति बाल अस्पतालको स्तरोन्नति गर्न पनि रुस सकारात्मक देखिएको तिमिल्सिनाले बताए ।