२९ आश्विन २०८३, बिहिबार

एम्बुलेन्स सेवालाई एकीकृत गरिने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१२ वैशाख, काठमाडौं। देशैभर सञ्चालनमा रहेका एम्बुलेन्स सेवालाई अब एकीकृत प्रणालीमा आवद्ध गरिने भएको छ ।

सो प्रयोजनका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

समितिले तीन महिना भित्र यो प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी व्यवस्था गरिएको छ ।