२९ आश्विन २०८३, बिहिबार

एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्दै, के–के छन् एजेण्डा ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

वैशाख अन्तिम साता बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्ने बताइएको छ ।

बैठक यही वैशाख २८ देखि ३० गतेसम्म चल्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

बैठकले मिसन ग्रासरुट अभियानका बारेमा समीक्षा गर्नाका साथै समसामयिक राजनीतिक विषयहरूमा निर्णय लिने बताइएको छ ।