
काठमाडौं, १२ वैशाख । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कानुन निर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् ।
प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसद शाहीले निजामती, प्रहरीलगायत महत्वपूर्ण विधेयक तत्काल संसदमा ल्याउन माग गरेका हुन् ।
संसदलाई प्रभावकारी बनाउनका लागि समितिको गठन तत्काल हुनुपर्ने र आवश्यक संघीय कानून संसदमा पेश गर्नुपर्ने उनको भनाइ छ । उनले कानून निर्माणमा सरकारको ध्यान जान नसकेको भन्दै निजामती, प्रहरीलगायत महत्वपूर्ण विधेयक तत्काल संसदमा ल्याउन माग गरे ।
त्यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लाले सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोे लक्ष्य पूरा गर्ने गरी काम गर्न नसकेको गुनासो गरे ।















प्रतिक्रिया