
काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई उकास्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा सांसद गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामुहिक पहल र प्रयत्न आवश्यक रहेको बताउँदै यस्तो विचार व्यक्त गरेका हुन् ।
उनले सामुहिक प्रयत्नबिना मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताएका छन् । मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया