२९ आश्विन २०८३, बिहिबार

१५९१ जनाको कोरोना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि, ६४ जना डिस्चार्ज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ५९१ जनाको स्वाब परीक्षण गर्दा १३६ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ११३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६४ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९० जना छ । सक्रिय सङ्क्रमितमध्ये २७ जना आइसोलेसन, ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।