
काठमाडौं, १२ वैशाख । नेपालीका काँग्रेसका सांसद धनराज गुरूङले बाँदर निर्यात आर्थिक आर्जन गर्ने गर्ने जुक्ति सुनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद गुरूङले बाँदर निर्यात गर्नुपर्ने बताएका हुन् ।
‘हाम्रा गाउँ(गाउँमा बाँदर आतंक छ। किसानले लगाएको बाली टिप्ने बेला बाँदरको हुलले लैजान्छ। हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?,’ सांसद गुरूङले भने ।
श्रीलंकाले हालसालै एकलाख बाँदर निर्यात गर्ने निर्णय गरेका उदाहारण दिँदै उनले गाउँघरमा बाँदरले बालीनाली सखाप पार्ने गरेकाले बाँदरलाई निर्यात गर्नुपर्ने बताएका हुन् ।















प्रतिक्रिया