
काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।
सभामुख देवराज घिमिरेले श्रेष्ठलाई पदमुक्त गरेका हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई कारबाही गर्दै संसद सचिवालयमा पत्राचार गरेको थियो ।
समानुपाति सांसद रहेका श्रेष्ठको ठाउँमा विन्दावासिनी कंसाकारलाई सांसद बनाउने निर्णय यसअघि नै रास्वपाले गरिसकेको छ ।















प्रतिक्रिया