
काठमाडौं, १२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार राति फ्लाई दुवईको जहाजमा चरा ठोक्किएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।
गएराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजमा आगो देखिएपछि खैलाबैला मच्चिएको थियो । लगत्तै फ्लाई दुवईले सूचना जारी गर्दै जहाजमा चरा ठोक्किएको बताएको थियो ।
तर, मन्त्री कराँतीले फ्लाई दुवईको सूचनाको खण्डन गर्दै अहिलेसम्म चरा ठोक्किएको पुष्टि नभएकोले भ्रममा नपर्न आग्रह गरेका हुन् ।
‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ,’ मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन् । ।















प्रतिक्रिया