
काठमाडौं, १२ वैशाख । चितवन-२ मा भारी मतान्तरका साथ विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) का उम्मेदवार रहेका रामप्रसाद न्यौपानेले बधाई दिएका छन् ।
मंगलबार बिहान लामिछानेलाई बधाई दिँदै न्यौपानेले जित हार स्वभाविक भएको भन्दै आफू निरन्तर चितवनको विकासमा साथ रहने बताएका हुन् ।
आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन् । उनका निकट्तम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाए ।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका न्यौपानेले १० हजार ९३६ मत ल्याए ।















प्रतिक्रिया