
काठमाडौं, १२ वैशाख । तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले फूलमाला र अविर लगाए बधाइ दिएका छन् ।
विजय उत्सव मनाउन आयोजित कार्यक्रमस्थलमै पुगेर भट्टराईले वाग्लेलाई बधाई दिएका हुन् ।

वाग्लेले ३४ हजार नौ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् । निकट्तम प्रतिस्पर्धी नेपाली काँग्रेसका भट्टराईले २० हजार १ सय १२ मत पाए ।
यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत मात्रै पाए ।















प्रतिक्रिया