३ कार्तिक २०८३, मंगलबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

सभापति रवि लामिछानेले अब सरकारलाई समर्थन गरिरहनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

चितवन-२ मा जित नजिक पुगेका लामिछानेले समर्थन फिर्ता लिने संकेत गरेका हुन् ।

‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ लामिछानेले भने ।

लामिछानेले सरकारमा जाने सम्भावना नरहेको पनि स्पष्ट पारेका छन् ।