
काठमाडौं, ११ वैशाख । तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ को मतगणना जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो जित लगभग पक्का जस्तै गरिसकेका छन् । पछिल्लो प्राप्त मतपरिणामअनुसार वाग्लेले २७ हजार ९ सय ८८ मत ल्याएका छन् ।
यस्तै उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई १५ हजार ९ सय ७९ मत पाएका छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल रहेका छन् ।
उनले ७ हजार ३ सय ७९ मत पाएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।















प्रतिक्रिया