
काठमाडौं, ११ वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता ह्वात्तै बढाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम प्रतिस्पर्धीभन्दा तीन गुणा बढी मतान्तरले अगाडि छन् ।
लामिछानेले १२ हजार ५ सय ४० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ५ सय ७० मत पाएका छन् ।
यस्तै, नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ३ हजार ५ सय ५५ मत ल्याउँदै तेस्रो स्थाननमा रहेका छन् ।















प्रतिक्रिया