
काठमाडौं, ११ वैशाख । समस्याग्रस्त फ्लाई दुबईको जहाजले अवतरणका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग नगर्ने निश्चित भएपछि अहिले धावनमार्ग खुला गरिएको छ ।
जहाज काठमाडौंमा अवतरण नगर्ने चालक दलका सदस्यहरूले जानकारी गराएपछि ९ बजेर २१ मिनेटमा बन्द गरिएको काठमाडौं विमानस्थलको धावनमार्ग १० बजेर १ मिनेटदेखि खुला गरिएको हो ।
मिानस्थलमा आगो नियन्त्रण गर्न विमानस्थलमा पाँच वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । उक्त विमानमा १६८ यात्रु र चालक दलका ७ सदस्य छन् ।
घटनापछि काठमाडौं विमानस्थलमा अवतरण गर्न लागेका दुइ वटा अन्तर्राष्ट्रिय र पाँच वटा आन्तरिक विमानलाई सिमराको आकाशमा होल्डमा राखिएको थियो ।
तर अब विमानस्थलबाट नियमित उडान र अवतरण सुचारु भइसकेको छ ।















प्रतिक्रिया