२९ आश्विन २०८३, बिहिबार

फ्लाइ दुबई अपटेड : दिल्लीमा पनि अवतरण नगर्ने मनस्थितिमा पाइलट !

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो लागेको फ्लाइ दुबइको जहाजलालई काठमाडौं वा भैरहवामा अवतरण गर्ने अनुमान गरिएको थियो ।

तर जहाज अहिले भारत पुगेको छ । भारतमा अवतरण गर्ने अनुमान गरिएको जहाज अझै आफ्नो यात्रामा निरन्तर देखिएको छ ।

नयाँ दिल्लीको आकाशमा पुगेको जहाज अझै ३४ हजार फिट माथि नै छ । जसले जहाज अवतरणको तयारी भइरहेको देखाउँदैन ।

उनले आफ्नो जहाजको अवस्था ठिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी गराएका छन् । यसर्थ यात्रुलाई कुनै जोखिम नरहेको बताइएको छ ।

जहाजको एउटा इन्जिनमा आगलागी भए पनि काठमाडौंको आकाशमै होल्ड गराएर आगो नियन्त्रणमा लिइएको र जहाज आफ्नो गन्तव्यतर्फ निरन्तर उडिरहेको बताइएको छ ।