२९ आश्विन २०८३, बिहिबार

काठमाडौंबाट उडेको फ्लाई दुबईको इन्जिनमा आगलागी भएपछि अवतरणको प्रयास (भिडियो)

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज उड्नेबित्तिकै इञ्जिन फेल भएको छ ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको बताइएको छ ।

जडीबुडी क्षेत्रका प्रत्यक्षदर्शीका अनुसार जहाज उडेको केहीबेरमै ठूलो आवाज आएर डड्याङडुडुङ गरेको र हेर्दा आगलागी भएको देखेको बताएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान ल्यान्ड गर्ने तयारीमा छ । आगो देखिएपछि एक इन्जिन अफ गरेर पाइलटले ल्यान्डिङको तयारी गरेको बताइएको छ ।