२९ आश्विन २०८३, बिहिबार

मिसन ग्रासरुटले पार्टीलाई लयमा फर्काउन महत्वपूर्ण भूमिका खेल्यो : विष्णु पौडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ११ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई जनस्तरमै बलियो बनाउन र पार्टीको सबैभन्दा अधारभूत तहलाई परिचालित गर्न मिसन ग्रासरुट अभियान चलाइएको बताएका छन् ।

अभियानअन्तर्गत कैलालीको गोदावरीमा आयोजित सुदूरपश्चिमस्तरीय समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले मिसन ग्रासरुटले पार्टीलाई लयमा फर्काउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

मिसन ग्रासरुटबाट पार्टीका लागि केही महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताउँदै उनले एमालेलाई एउटा जीवन्त पार्टी बनाउन पार्टीको निर्णय मान्ने कार्यकर्ता भएको पार्टी बनाउन आवश्यक रहेको र पार्टीको काममा नखट्ने, निर्वाचनका बेला असहयोग गर्ने प्रवृत्तिलाई समाप्त पार्नका लागि पनि मिसन ग्रासरुट अभियान चलेको बताए ।

विशेष परिस्थितिमा मिसन ग्रासरुट चलेकाले अब नियमित रुपमा पार्टीका काममा कार्यकर्ता तथा नेताले फर्किनुपर्ने र सबै तहका कमिटीहरुले योजना बनाएर पार्टीका कामहरु अगाडि बढाउनुपर्ने उपाध्यक्ष पौडेलको भनाइ छ ।

उनले समीक्षा बैठकमा सहभागी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीमा रहेका नेताहरुलाई मिसन ग्रासरुट जस्तै सक्रिय भएर नियमित रुपमा पार्टीका काममा लाग्न निर्देशन दिएका छन् । यस्तै, एमालेलाई जीवन्त पार्टी बनाउने अभियानमा खटिएका सबैलाई उनले धन्यवाद दिएका छन् ।