३ कार्तिक २०८३, मंगलबार

काँग्रेसको गढ मानिएको ब्यास नगरपालिका-१ मा स्वतन्त्र पार्टीको वर्चस्व

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसको गढ मानिएको तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले वर्चस्व कायम गर्न सफल भएको छ ।

आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले व्यास १ मा १९ सय १७ मत पाएका छन् ।

यस्तै, नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले गढमै ८ सय ५० मत मात्रै पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ सय २६ मत मात्रै पाए ।