
काठमाडौं, ११ वैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
इच्छाकामना गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा लामिछानेले ४ हजार ३ सय ५८ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५ सय ८५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ हजार २ सय ५ मत पाएका छन् ।
इच्छाकामना गाउँपालिकामा ९ हजार ४ सय ४४ मत खसेको थियो ।















प्रतिक्रिया