२९ आश्विन २०८३, बिहिबार

महानगर प्रमुख बालेनकै निर्देशनमा सिंहदरबारको फोहोर उठाउन थालियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’कै निर्देशनमा सिंहदरबारको फोहोर उठाउन थालिएको छ ।

सर्वोच्च अदालतले फोहोर नउठाउने महानगर प्रमुख बालेनको निर्देशन गलत भएको भन्दै तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउन आदेश दिएको थियो । उक्त आदेशसँगै सिंहदरबारको फोहोर उठाउन थालिएको हो ।

गत चैत २५ गते मेयर साहले सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो । अहिले उनै बालेनको निर्देशनमा परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाउन थालेको हो ।