
काठमाडौं, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर-१ को मतगणना जारी छ।
३६ हजार ४४३ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो फराकिलो अन्तरलाई कायमै राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार वाग्लेले १८ हजार ४ सय ६१ मत पाएका छन् । यस्तै, उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका गोविन्द भट्टराईले १० हजार ८ सय १४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ६८ मत पाएका छन् । हालसम्म २५ वटा वडाको मतगणना सकिएको छ । मतगणना जारी छ ।















प्रतिक्रिया