३ कार्तिक २०८३, मंगलबार

बारा-२: फेरि ८९ मतले अगाडि लागे उपेन्द्र यादव

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । बारा-२ मा जारी मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहबीच कडा टक्कर देखिएको छ ।

सुरूवातमा अगाडि रहेका उपेन्द्र यादवलाई पछाडि पारेर अगाडि लागेका जनमत पार्टीका कुशवाह फेरि पछाडि परेका छन् ।

यादवले १३ सय ९० मत ल्याउँदै कुशवाहलाई उछिनेका हुन् । दोस्रो स्थानमा झरेका जनमत पार्टीका कुशवाहले १३ सय १ मत पाएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरूषोतम पौडेलले ६ सय २९ मत ल्याएका छन् । मतगणना जारी छ ।