
काठमाडौं, ११ वैशाख । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ ।
सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकका रिटेल फाइनान्स सर्भिसेस प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीका नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका छन् ।
सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर÷सहिद, बहालवाला, पूर्व एवम् अवकाशप्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ । बैंकले आगामी पाँच वर्षसम्म कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।
यो संयुक्त पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानलाई अझ विस्तार गर्नाका साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा बैंक विश्वस्त रहेको बताइएको छ ।















प्रतिक्रिया