
काठमाडौं, ११ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८१० जनाको स्वाब परीक्षण गर्दा ११३ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र एक हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ७२ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६२ जना छ । सक्रिय सङ्क्रमितमध्ये २९ जना आइसोलेसन, ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया