३ कार्तिक २०८३, मंगलबार

चितवन-२: रवि लामिछानेले कटाए १४ सय मत, पछ्याउँदै एमालेका न्यौपाने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

सुरूवातमा अग्रता बनाएका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई पछाडि पारेका लामिछानेले मतान्तर फराकिलो बनाउँदै लगेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले १४ सय ९२ मत ल्याउँदै अग्रता बनाइरहेका छन् भने एमालेका न्यौपानेले ११ सय ३३ मत ल्याएर लामिछानेलाई पछ्याइरहेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ सय ९५ मत ल्याएका छन् । मतगणना जारी छ ।