
काठमाडौं, ११ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना जारी छ ।
प्रारम्भिक मतगणनामा अगाडि रहेका जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव पछाडि परेका छन् । उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहले उछिनेका हुन् ।
पछिल्लो मतपरिणामअनुसार कुशवाहले ६ सय २८ मत पाएका छन् भने उपेन्द्र यादव ५ सय ७१ मत पाउँदै दोस्रो स्थानमा झरेका छन् । यस्तै नेकपा एमालेका पुरूषोतम पौडेल तेस्रो स्थानमा रहेका छन् ।
उनले ५ सय १० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।















प्रतिक्रिया