
काठमाडौं, ११ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना जारी छ ।
प्रारम्भिक मतपरिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बनाएका छन् । उनले ५ सय १३ मत पाएका छन् ।
उनले जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले पछ्याइरहेका छन् । उनले ४ सय ७८ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोतम पौडेल रहेका छन् । उनले ४ सय १९ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल चौथो स्थानमा छन् । उनले १ सय ६९ मत पाएका छन् ।















प्रतिक्रिया