३ कार्तिक २०८३, मंगलबार

सभापति देउवाको ब्रिफिङ: ठूला दलप्रति जनताको विश्वास घट्दै गयो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलहरूप्रति जनताको विश्वास घट्दै गएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले ठूला दलहरूप्रति जनताको विश्वास घट्दै गएको र वैकल्पिक शक्तिमा विश्वास गर्न थालेकाले पार्टीलाई जनतामाझ लोकप्रिय बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरुले बजेटमार्फत जनतालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् । उनीहरुले जनतामाझ सरकारलाई प्रभावकारी रुपमा लैजान जनताको आशा अपेक्षा अनुसारको बजेट निर्माण गर्न सुझाव दिएका हुन् ।

बजेटमा सरकार कसरी प्रस्तुत हुँदैछ र अर्थमन्त्रालयको तयारी कस्तो छ भन्ने बारेमा सांसदहरुको चासो रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

मन्त्री महतले अहिले मुलुकको अर्थतन्त्रको अवस्था, राजस्वको परिस्थिति र कस्तो समस्या र सीमामा रहेको भन्ने बारेमा बैठकमा जानकारी गराएको बताए ।