३ कार्तिक २०८३, मंगलबार

निर्वाचन आयोगले रविलाई सोध्यो स्पष्टीकरण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर-२ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिए लगत्तै लामिछानेले जवाफ पनि आयोगमा पठाइसकेका छन् ।

मतदानका क्रममा लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरेको आरोप लगाउँदै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको थियो।