
काठमाडौं, ११ वैशाख । तनहुँ-१ को मतगणना जारी छ ।
हालसम्म २५ हजार ३६९ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत पाएका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पछ्याइरहेका छन् । भट्टराईले ७ हजार ६४७ मत पाएका छन् ।
यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन्।















प्रतिक्रिया