
काठमाडौं, ११ वैशाख । चितवन २ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।
सर्वदलीय बैठकले मतगणना १ बजेबाट गर्ने सहमति भएको हो ।
यसअघि नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही नगरेसम्म मतगणना सुरू हुन नदिने अडान राखेका थिए ।
यसैबीच, सर्वदलीय बैठकमा सहमति जुटेसँगै तीनै जना उम्मेदवारहरूले संयुक्त तस्वीर खिचाएका थिए ।
नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रवि लामिछानेसँग तस्वीर खिचाएका हुन् ।















प्रतिक्रिया