
काठमाडौं, ११ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाई हुँदैछ ।
मुद्वाको सुनुवाईका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।
१७ वर्षीय बालिका बलात्कार अभियोगमा सन्दीप गत २० असोजमा पक्राउ परेका थिए । अदालतको आदेशबाट उनी पुर्वक्षका लागि कारागार चलान भएका थिए ।
पछि उच्च अदालत पाटनले उनलाई सर्त सहित २० लाख रुपैयाँ धरौटीमा जेल मुक्त गरेको थियो ।















प्रतिक्रिया