
काठमाडौं, ११ वैशाख । चितवन-२ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । तर, अहिलेसम्म मतगणनाका लागि सहमति जुट्न सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई कारबाही नगरेसम्म मतगणना अघि बढ्न नदिने अडानमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले अडान राखेका छन् ।
लामिछानेले मौन अवधिमा भोट मागेको, मतदानका समयमा हुलदंगा गरेर आचरसंहिता उल्लंघन गरेको आरोप काँग्रेस र एमालेले लगाएका छन् ।















प्रतिक्रिया