१ मंसिर २०८३, मंगलबार

बारा २ः बिहान ६ बजे बोलाइएको सर्वदलीय बैठक अझै बस्न सकेन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणनाबारे निर्णय गर्न बिहान ६ बजे बोलाइएको सर्वदलीय बैठक अझै बस्न सकेको छैन् ।

राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा बैठक बस्न नसकेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैठक बिहान ७ बजेको लागि सारिएको भएपनि प्रतिनिधि नआउँदा बैठक बस्न सकेको छैन् ।

यसअघि गराति नै सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भएपनि सोमबार बिहान ६ बजेका लागि बैठक बोलाइको थियो ।

बिहान ९ बजेभित्र सर्वदलीय बैठक बसेर सहमति गराएर मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँको मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुँदैछ । मतपेटिकाहरू गएरातिनै मतगणना स्थल ल्याइसकेको छ ।

बारा २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।