२९ आश्विन २०८३, बिहिबार

नीति तथा कार्यक्रम र बजेटमार्फत देशलाई नयाँ आशा र विश्वास दिन्छौँ : प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमबाट देश र जनतालाई नयाँ आशा र विश्वास दिलाउने बताएका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले तयारी गरिरहेको बताएका हुन् ।

उनले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि जानकारी दिएका छन् ।