
काठमाडौं, १० वैशाख । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा मतदान पुन: सुरू भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचरसंहिता उल्लंघन गरेको भन्दै अन्य दलहरूले विरोध गरेपछि मतदान रोकिएको थियो ।
मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकले लामिछानेले आचारसंहिता विपरित कार्य गरेको ठहर गरेको थियो । आचारसंहिता उलंघन गरेको विषयमा रास्वपाले माफी मागेपछि मदतान पुन: सुरू भएको हो ।
सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय भएको हो ।
यस्तै सर्वदलीय बैठकले मतदान केन्द्रको ३०० मिनेटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितका ४ बुँदे निर्णय गरेको छ ।















प्रतिक्रिया