
काठमाडौं, १० वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंखन गरेको ठहर भएको छ ।
मतदानका क्रममा नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेका लामिछानेले आचारसंहित उल्लंघन गरेको सर्वदलीय बैठकले ठहर गरेको हो ।
रवि समर्थकसहित नाराबाजी गर्दै मतदान केन्द्रमा पुगेपछि दोहोरो झडपसमेत भएको थियो । झडपपछि बसेको सर्वदलीय बैठकले लामिछानेले आचारसंहिता उल्लंघन गरेको निर्णय गर्दै निर्वाचनलाई सुचारू गर्ने निर्णय भएको छ ।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई क्षमायाचना गराउँदै आचरसंहिता उल्लंघन गरेको जानकारी मुख्य निर्वाचन अधिकृतलाई गराउने निर्णय पनि गरेको छ ।
यस्तै, मतदान केन्द्रको तीनसय मिटर वरपर शान्ति सुरक्षा कायम गर्ने निर्णय पनि बैठकमा भएको छ ।

















प्रतिक्रिया