३ कार्तिक २०८३, मंगलबार

आक्रमण भएपछि रविले भने- धन्यवाद म पछाडि फर्कन तयार छु, तर नेपाली जनताले नियालिरहेका छन् (भिडिओसहित)

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मतदान केन्द्रमा आफूमाथि योजनाबद्व रूपमा आक्रमण भएको बताएका छन् ।

आइतबार दिउसो चितवन-२ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयको मतदान केन्द्रमा रविमाथि गठबन्धन र एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए ।

मतदान केन्द्रको निरीक्षणका लागि पुगेका लामिछानेमाथि आक्रमण भएको हो । आक्रमणपछि फेसबुक लाइभमा लामिछानेले यसअघि नै यो स्थिति आउन थाहा पाएर प्रशासनलाई जानकारी गराइएको पनि बताएका छन् ।

‘आम नागरिकले जाँदा स्वागत गर्नुभयो । हाइ हाइ भन्ने सामान्य प्रक्रिया चलिरहेको थियो । गत निर्वाचनमा यो भन्दा बढी भयो । हामीले नगर्नुस् भनिरहेका थियौँ । तर यस्तो सानो विषयमा गेटमै बसेर पहिलै तयारी भएर धकेला धकेल गर्ने हाम्रा साथीहरूको मोबाइल फालिदिने जस्ता दृश्यहरू देखिएका छन् । मलाई केही पनि भन्नु छैन । धन्यवाद म पछाडि फर्किन तयार छु । तर यसलाई नेपाली जनताले निकालिरहेका छन्,’ उनले भनेका छन् ।

उनले आक्रमणपछि प्रधानमन्त्री सबैलाई जानकारी गराइसकेको पनि बताएका छन् ।