३ कार्तिक २०८३, मंगलबार

चितवनको नवकिरण कमलकुसुम मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा लाठी चार्ज

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख। चितवनस्थित नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा तनाव भएको छ ।

दुई पक्षबीच झडप हुँदा मतदान नै प्रभावित भएको हो । मतदान केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता पुगेपछि झडप भएको हो ।

गठबन्धन र एमालेका कार्यकर्ताले धाँधली गर्न लागेको आरोप लगाउँदै रास्वपाका कार्यकर्ताले नाराबाजी गरेपछि दोहोरो झडप भएको हो । प्रहरीले झडप नियन्त्रणका लागि लाठी चार्ज गरेको छ ।

एमाले र गठबन्धनका केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।