
काठमाडौं, १० वैशाख । दुईवटा मतपत्र खसाउन खोज्ने जनता समाजवादी पार्टीका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव रहेका छन् ।
बारा क्षेत्र नम्बर २ को देवताल गाउँपालिका–७ स्थित जब्दी मतदान केन्द्रमा यादवले दुईवटा मतपत्र खसाउन खोजेका थिए । यादव पक्राउ परेपछि मतदानस्थलमा थप सुरक्षाकर्मी खटाइएको छ ।
अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।















प्रतिक्रिया