
काठमाडौं, १० वैशाख । भारतीय प्रहरीले वान्टेडमा राखेका अमृतपाल सिंह पक्राउ परेका छन् । उनी भारतबाटै पक्राउ परेका हुन् ।
आइतबार बिहान उनलाई पन्जाबबाट उनलाई पक्राउ गरिएको हो । अमृतपालले भारतमा खलिस्तानको अभियान चलाइरहेका छन् ।
शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने अभियानको नेतृत्व उनले गरिरहेका थिए ।
यसअघि उनी नेपाल आएको आशंकामा भारतीय प्रहरीले नेपालको अध्यागम विभागलाई पत्रसमेत लेखेको थियो ।















प्रतिक्रिया