३० कार्तिक २०८३, सोमबार

बारा २ उपनिर्वाचनः उपेन्द्र यादव र रमेश खरेलले मतदान गर्न नपाउने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, १० वैशाख । बारा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य लागि मतदान जारी रहेको छ । उम्मेदवारहरु बिहानैदेखि मतदान केन्द्रको अवलोकनमा रहेका छन् ।

मतदान साँझ ५ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ । तर सो क्षेत्रको चुनावी प्रतिस्पर्धामा रहेका मुख्य प्रतिस्पर्धीहरुले नै आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् । उक्त क्षेत्रमा उनीहरुको मतदाता नामावलीमा नाम नरहेको कारण मतदान गर्न नपाउने भएका हुन् ।

यादव गत ४ मंसिरमा भएको संसदीय निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका थिए भने खरेल काठमाडौं-१ बाट पराजित भएका थिए ।

यता, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भने सोही निर्वाचन क्षेत्रमा मतदान गर्ने बताइएको छ ।

बारा-२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको निर्वाचन क्षेत्रमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३ सय १४ महिला गरी १ लाख ५ हजार २ सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ ।