
तनहुँ, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ क्षेत्र नम्बर १ उपनिर्वाचनका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।
बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । तर रास्वपाका उम्मेदवार वाग्लेले भने सो क्षेत्रमा मतदान गर्न पाउने छैनन् । उक्त क्षेत्रमा उनको मतदाता नामावलीमा नाम नरहेको कारण मतदान गर्न नपाउने भएका हुन् । वाग्ले बिहानैदेखि मतदान केन्द्रको अवलोकनमा रहेका छन् ।
तनहुँ १ मा वाग्ले सहित नौ जना चुनावी मैदानमा रहेका छन् । वाग्लेसहित नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।












प्रतिक्रिया